बझाङ – बझाङमा एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ । खप्तडछान्ना गाउँपालिका–१ स्थित गोठखोला सामुदायिक वनमा शनिबार दिउँसो लागेको आगो फैलिएर स्थानीय डवल भण्डारी, सुनिल भण्डारी र भीम भण्डारीको संयुक्त लगानीमा बनेको कालीका लाङा बहुउदेश्यीय कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको हो ।

आगलागीबाट स्याउ, सुन्तला, मौसम, दांते ओखर लगायतका विभिन्न बिरुवा समेत जलेर नष्ट भएको छ ।

वनमा संकलन गरेर राखिएका करिब २ सय ५० टिनको डिब्बा सल्लाको खोटो समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।















