खाेज्नुहाेस

कञ्चनपुरको बेलौरीमा थपियो गर्मी बिदा

Image

अत्तरिया- कञ्चनपुरको बेलौरी नगरपालिकाले गर्मी बिदा थप गरेको छ । यसअघि २० देखि २२ गतेसम्म विद्यालयहरुमा गर्मी बिदा दिएको नगरपालिकाले २४ गते सम्मलाई बिदा थप गरेको हो ।

नगरपालिकाले आज जारी गरेको सूचनामा वर्षे बिदाबाट कट्टा हुने गरी यसअघि नगरपालिका अन्तर्गका सबै संस्थागत तथा सामुदायिक विद्यालयहरुमा गर्मी बिदा दिइएकोमा सोही बिदालाई थप गरी २४ गतेसम्मलाई बढाइएको उल्लेख छ ।

attariya hospital
navjiwan hospital

नगरपालिकाले गर्मी बिदा दिनुभन्दा अगाडि विद्यालय सञ्चालनको समय परिवर्तन गर्न लगाएको थियो । यही जेठको १६ गते सूचना जारी गर्दै १७ र १८ गते दुई दिनका लागि बेलौरीका सम्पूर्ण विद्यालय बिहान ७ बजेबाट १०:३० बजेसम्म सञ्चालन गर्न लगाइएको थियो ।

उक्त निर्णयपछि विद्यालयहरुमा गर्मी बिदा नै दिएकोमा अहिले फेरि बिदाको समय थप गरिएको हो ।

May be an illustration of ticket stub and text that says 'बेलारी नगरपालिका नगर कार्यपालिकाको कार्यालय बेलीरी कज्चनपुर सुदुर परिंचसप्रदेशनेपाल स्यापितर रुद्ररपचिच्धा प.स.२०८०/०११ च.नर्र४४ मिती :२०१શ२ विषय थप गर्मी विदा सम्बनदमा। श्री सामुदायिक तथा संस्थागत विद्यालय (सवे) बेलौरी न.पा.,कश्चनपुर। प्रस्तुत विषयमा यस कार्यालयको च.नं. च.नं.२१००,मिति २०।।ર१कો पत्रवाट न.पा अन्तर्गतका सवै सामुदायिक तथा संस्थागत विद्यालयमा मिति २०६१।રા२० देखि ऐ.२२ सम्म बर्षे बिदावाट कट्टा हुने गरी गर्मी विदा दिइएकोमा सोलाई थप गरी मिति ૨०૬੧।રા੨૪ सम्म बढाउने भन्ने निर्णय भएकाले सोहीबमोजिम गर्न गराउन हुन अनुरोध ម្ា साथे पोलियो रोग विरुद IPV खोप लगाउन बांकी विद्ार्थीहरुलाई खोप तालिकवमोजिम सम्वन्यित विद्यालयमा उपस्थित गराउने व्यवस्था गर्न हुन समेत अनुरोध छ| अवस्थी সগিकন प्रमुब तारादत प्रपासकीय'