
अत्तरिया- कैलालीमा लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका-३ बस्ने २१ वर्षका योगेश कठरिया रहेका छन् ।
उनलाई हिजो टीकापुर नगरपालिका-१ ब्लक नम्बर १२ स्थित सडकखण्डबाट २५० मिलिग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रदेश प्रहरीले बताएको छ ।



















