खाेज्नुहाेस

७३ लाख बजेट ल्याएको गोदावरी–३ ले पुर्वाधारमा छुट्यायो ३३ लाख

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका वडा नम्बर ३ ले पुर्वाधार विकासमा ३३ लाख रुपैया छुट्याएको छ । मंगलबार सम्पन्न वडाभेलामा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै वडाध्यक्ष तेजराज अवस्थीले पुर्वाधार विकासमा वडाले ३३ लाख बजेट छुट्याएको बताएका थिए ।

नगरबाट आएको बजेट सिलिङ अनुसार वडाको आगामी आर्थिक वर्षको बजेट ७३ लाख २३ हजार ४६७ रुपैया रहेको छ । सो बजेटबाट सबैभन्दा बढी रकम पुर्वाधार विकासमा छुट्याएको वडाले जनाएको छ ।

attariya hospital
navjiwan hospital

‘बाटोघाटो नभई वडाको विकास गर्न गाह्रो छ’ वडाध्यक्ष अवस्थीले भने ‘त्यसैले हामीले मुख्य गरी बाटो कालोपत्रे र ग्राभेलका लागि सबै भन्दा बढी बजेट छुट्याएका छौ ।’ वडाले सडक कालोपत्रेका लागि २५ लाख छुट्याएको छ भने ग्राभेलका लागी ८ लाख रुपैया छुट्याएको छ । यस्तै सामाजिक विकासमा वडाले शिक्षातर्फ ६ लाख, स्वास्थ्य तर्फ १ लाख, धर्म संस्कृतितर्फ २ लाख, युवा महिला तथा बालबालिका कार्यक्रम तर्फ ३ लाख, लक्षित कार्यक्रम तर्फ २ लाख र खानेपानी तर्फ २ लाख रुपैया रुपैया छुटयाएको छ ।

वडाले आर्थिक विकासमा कृषि सिँचाई तर्फ १० लाख र सिपमुलक तालिमतर्फ १ लाख रुपैया छुट्याएको छ भने वन तथा वातावरणमा विपद् व्यवस्थापन तर्फ वडाले ५० हजार विनियोजीत गरेको छ । वडाले अन्य शिर्षक राख्दै कार्यालय सञ्चालन तर्फ ५ लाख २३ हजार ४६७ रुपैया र मागमा आधारितमा ६ लाख ७० हजार रुपैया विनियोजन गरेको वडाध्यक्ष अवस्थीले बताए ।

उनले संघीय सरकारले नगरपालिकालाई दिने बजेटमा कमी आउँदा वडाको बजेट पनि विगतको तुलनामा कम आएको बताए । नगरले समानिकरणमा सब वडालाई ६० लाख रुपैया छुट्याएको र वडाको आम्दानीको आधारमा सुत्रमा आधारित बजेट राखेको उनको भनाई छ ।

‘विभिन्न शिर्षकहरु राखेर नगरपालिकाले सबै वडालाई बजेटमा समान गर्न खोजेको छ’ उनले भने ‘बढी जनसंख्या भएको, विकट क्षेत्र भएको, समानीकरण लगायतका आधारमा वडाहरुलाई बजेट बाडिएको छ, जुन राम्रो पक्ष हो ।’ उनले वडा नं. ३ को आयस्रोत कम भएकाले पनि बजेट कम आएको बताए ।