खाेज्नुहाेस

बझाङका बेपत्ता जङ्ग बोहरा भेटिए

Image
navjiwan hospital

बझाङ – ६ दिनदेखि बेपत्ता बझाङका जङ्ग बोहरा हल्द्धानीमा फेला परेका छन् । उनी लुटिएको अवस्थामा बुधबार फेला परेको उनका छिमेकी प्रतिक बोहराले बताए । जयपृथ्वी नगरपालिका–८ घर भएका ६० वर्षीय बोहरा भारतको हल्द्वानीमा फेला परेको उनले बताए ।

मोबाइल र अन्य सामान लुटिएको अवस्थामा बोहरा फेला परेका हुन् । रोजगारीको सिलसिलामा भारतमा रहेका बोहरा रानीछेतदेखि काम गरेर रातिको समयमा फर्किने बेला ६ दिनअघि हल्द्वानीबाटै बेपत्ता भएका थिए ।

attariya hospital