खाेज्नुहाेस

कैलालीमा गहुँको उत्पादन बढ्यो

Image

अत्तरिया – कैलालीमा यस वर्ष गहुँको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार गत वर्षको तुलनामा यस वर्ष गहुँ उत्पादनमा बढेको हो ।

navjiwan hospital

कैलालीमा यस वर्ष १ लाख १२ हजार ३१२ मेट्रिकटन गहुँको उत्पादन भएको कृषि ज्ञानकेन्द्र कैलालीका सूचना अधिकारी श्यामराज जोशीले बताए । जुन गत वर्षको तुलानामा ३.४२ प्रतिशतले बढी हो । गत वर्ष जिल्लामा ३४ हजार ५६५ हेक्टर क्षेत्रफलमा गहुँखेती गरिएकामा १ लाख ३ हजार ४७१ मेट्रिकटन उत्पादन भएको थियो ।

attariya hospital

यस वर्ष गत वर्षको तुलनामा १ हजार ७२५ हेक्टर कम क्षेत्रफलमा गहुँ खेती गरिएको भएपनि गहुँको लागि आवश्यक समयमा आकाशे पानी परेका कारण उत्पादन बढेको कृषि ज्ञान केन्द्रले जनाएको छ ।