खाेज्नुहाेस

भेट्रानमा पहिलो पटक अक्सन अवधारणा

Image

अत्तरिया – कैलालीको अत्तरियामा यही जेठ २ गतेबाट भेट्रान कप क्रिकेट प्रतियोगीता सुरु हुदैछ । अत्तरियामै रहेको पिएफए स्पोट्र्स क्लबले प्रत्येक वर्ष आयोजना गर्दै आएको उक्त प्रतियोगीतालाई यसपटक पाँचौ संस्करणका रुपमा सञ्चालन गर्दैछ । सामान्य रुपमा अन्य प्रतियोगिताहरुमा टिम दर्ता गरेर खेलाउने प्रवृत्ति छ । पिएफएले पनि अगाडीका वर्षहरुमा सोही प्रवृत्ति अंगालेको थियो । तर यस वर्ष भने प्रतियोगीतालाई केही फरक बनाउने सोचका साथ क्लबले अक्सन अवधारणालाई अघि सार्दै सोही अनुरुप प्रतियोगीता आयोजना गर्न लाग्दैछ ।

प्रतियोगीतामा यस अघिकै ८ वटा र एउटा थप गरेर ९ वटा टिमको सहभागिता रहेको छ । सो टिमहरुले अनिवार्य रुपमा ३ जनालाई अक्सन मार्फत खरिद गर्नुपर्ने छ । अक्सनका लागि आयोजकले खेलाडीहरुको नाम समेत सार्वजनिक गरिसकेको छ । अक्सनमा सहभागी खेलाडीहरुलाई प्रतिखेलाडी कम्तिमा ५ हजार देखि बढीमा १५ हजार सम्म एउटा टिमले खर्च गर्न पाउनेछ । त्यसमा पनि कुनै एउटा खेलाडीमा २ वटा टिमले १५ हजार सम्म खर्च गर्न तयार रहेको अवस्थामा भने गोलाप्रथाबाट खेलाडीलाई टिममा सहभागि गराईने आयोजकले जनाएको छ ।

add everest academy
attariya hospital

कसरी सुरु भयो अक्सनको अवधारणा ?

नेपालमा विभिन्न फ्रेन्चाईजीहरुमार्फत टिम बनाउनका लागि खेलाडीहरु खरिद गरेर प्रतियोगितामा भाग लिने प्रवृत्ति नौलो होईन । छिमेकी मुलुक भारतमा पनि अक्सनमार्फत खेलाडीहरु खरिद गरेर खेलाईने ईन्डियन प्रिमियम लिग (आईपिएल) ले विश्व बजारमा हंगामा मच्चाउने गरेको छ ।

नेपालमा पनि केही समय अघि सम्म एनपिएल, डिपिएल लगायतका प्रतियोगीताहरु सोही अवधारणा मार्फत नै सञ्चालन हुने गरेका थिए । तर कोरोना कालपछि भने उक्त प्रतियोगिताहरु सञ्चालन हुन सकेका छैनन् । क्रिकेटका त्यस्ता प्रतियोगिताहरु अक्सन मार्फत खेलाडी खरिद गरेर खेलाईएका भएपनि भेट्रानमा भने सम्भवतः नेपालमै कुनै पनि स्थानमा अक्सनमार्फत खेलाडी खरिद गरेर प्रतियोगीतामा खेलाईने कार्य भएको छैन ।

attariya technical collage

भेट्रानमा नेपालमै नभएको अक्सन अवधारणा सञ्चालन गर्नुका पछाडी क्रिकेट प्रतिको दर्शकको क्रेज मुख्य कारण रहेको पिएफए स्पोट्र्स क्लबका महासचिव सिद्ध बोहरा बताउँछन । उनले वर्तमान समयमा क्रिकेटप्रति दर्शकहरूको अपार समर्थन र क्रेज बढेका कारण यसलाई व्यवसायीक रुपमा लैजान भेट्रानमा पनि अक्सन अवधारणा सुरु गर्ने सोच आएको बताए । ‘पछिल्लो समय क्रिकेट एकदमै लोकप्रिय खेलका रुपमा नेपालमा स्थापित भैरहेको छ, यहाँ क्रिकेटमा अपार सम्भावना पनि छ’ उनले भने ‘खेलको विकास र खेलाडीको मनोबल उच्च राख्न नयाँ ढङ्गबाट कसरी जान सकिन्छ भन्ने कुरालाई मनन गर्दै हामीले भेट्रानमा पनि अक्सन अवधारणा अघि सारेका हौँ ।’

navjiwan hospital

उनले अक्सन अवधारणा सुरु गर्नुपुर्व यसक्षेत्रका क्रिकेट खेलमा जोडिएका सम्पूर्ण खेलाडी तथा खेलविज्ञहरूसँग सल्लाह गरिएको समेत बताए । उनले क्रिकेटमा सम्भावना भएपनि पुरानै शैलीमा यसलाई लैजादा खेलाडीहरुको मनोबल पनि कम हुने भएकाले यो विधि अवलम्बन गर्न लागिएको बताए । ‘क्रिकेटमा अपार सम्भावना भएकाले अब यस्लाई पुरानो शैली भन्दा पनि नयाँ शैलीमा लैजानुपर्छ भन्ने हामीले सोचेको थियौँ । त्यसबाहेक सुदूरपश्चिमको क्रिकेटमा थप रौनकता ल्याउनको लागि केही गरौ भनेर सोच विचार गर्दाखेरि यो अक्सन प्रणालीबाट खेलाडीहरु चयन गर्दा अति उत्तम हुने देखियो । यसले गर्दा खेलाडीहरुमा पनि उच्च हौसला प्रदान हुने हामीले महसुस गरेका छौ’ उनले भने । बोहराले अक्सनका कारण खेलाडीहरु व्यवसायिक ढङ्गबाट खेलमा आबद्ध हुन पाउने र उनीहरूको आत्मसन्तुष्टि बढ्ने पनि बताए ।

भेट्रान सुरु गर्दाका चुनौती

भेट्रान क्रिकेटलाई अक्सन प्रणालीबाट अगाडि बढाउन चुनौती भने थुप्रै रहेको बोहराको भनाई छ । उनले भेट्रानमा अक्सन मार्फत खेलाडी खरिद विक्रि गर्नुपर्ने हूँदा कस्तो खेलाडीलाई अक्सनमा राख्ने भन्ने नै अन्योलता भएको बताए । त्यसका लागि सबैसँगको सल्लाह र सहकार्यमा भेट्रान प्रतियोगिताकै अगाडीका संस्करणहरुमा उत्कृष्ट प्रर्दशन गरेका खेलाडीहरुको नाम समावेश गरिएको बताए ।

उनले खेलाडी खरिद गर्ने टिमले बढीमा कति सम्म खर्च गर्न सक्ने र कति सम्म खर्च गर्न पाउने भन्ने चुनौती पनि थपिएकाले पहिलो पटकलाई ३ जना खेलाडी मात्रै खरिद गर्ने नियम बनाईएको बताए । उनले पहिलो पटक भएकाले भेट्रानमा अक्सनलाई आफुहरुले सिकाईको रुपमा लिएको बताए । उनले आगमी दिनहरुमा यसलाई व्यवस्थीत र परिमार्जन गर्दै लैजाने बताए ।

अक्सनमा परेका खेलाडीको नाम सार्वजनिक

यसैबिच प्रतियोगिताका लागि अक्सनमा परेका खेलाडीहरुको नाम सार्वजनिक गरिएको छ । आयोजक संस्था पिएफए स्पोट्र्स क्लबले प्रतियोगीतामा अक्सन मार्फत खरिद विक्रिका लागि २७ जना खेलाडीहरुको नाम सार्वजनिक गरेको हो । अक्सनमा समावेश गरिएका खेलाडीहरुमा १८ जना कैलाली र ९ जना कञ्चनपुरका रहेका छन । जसमा ९ जना अलराउण्डर, १० जना ब्याट्सम्यान, २ जना विकेटकिपर र ६ जना बलर सहभागी छन । प्रतियोगीताका लागि अक्सन भने यही वैशाख २७ गते बिहान ९ बजे अत्तरियास्थित नमस्ते पार्टि प्यालेसमा हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको प्रथम हुने टिमलाई नगद रु. १ लाख ११ हजार १११ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने द्धितिय हुने टिमलाई नगद रु. ५५ हजार ५५५ रुपैया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।
प्रतियोगीतामा सर्वाेत्कृष्ट खेलाडीलाई नगद रु. १० हजार, उत्कृष्ट ब्याट्सम्यान तथा बलरलाई समान रु. ५÷५ हजार र प्रत्येक म्याचको म्यान अफ द म्याचलाई उत्कृष्ट पुरस्कारको व्यवस्था गरिएको बताईएको छ ।