अत्तरिया –कैलालीको चुरे गाउँपालिकाका किसानलाई भैँसी वितरण गरिएको छ । गाउँपालिकाले वडा नं ३, ५ र ६ का १८ किसानलाई अनुदानमा १८ वटा उन्नत जातका दुधालु भैँसी वितरण गरेको हो ।

गाउँपालिकाका पशु विकास अधिकृत धर्मराज भट्टले निम्न आयस्रोत भएका अतिविपन्न, गरिब परिवारका किसानलाई भैँसीपालन व्यवसायतर्फ आकर्षित भैँसी वितरण गरिएको बताए ।

पशु विकास अधिकृत भट्टले सो गाउँपालिका पशुपालनका लागि उपयुक्त ठाउँ भएकाले किसानलाई त्यसतर्फ आकर्षित गर्ने खालका कार्यक्रम अघि बढाउँदै लगिने गाउँपालिकाको नीति रहेको बताए ।

















