बझाङ- बझाङ उपनिर्वाचनमा अहिले फेरि नेकपा एमालेले अग्रता लिएको छ । प्रदेशसभा सदस्यका लागि भएको उपनिर्वाचनमा एमालेले झिनो मतले अग्रता लिएको हो ।

पछिल्लो मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले ९ हजार ८ सय ८९ र कांग्रेसका अभिषेकबहादुर सिंहले ९ हजार ८ सय ८० मत पाएका छन् । भण्डारीले ९ मतले मात्रै अग्रता लिएका छन् ।

हिजो दिनभर एमालेले अग्रता लिएको बझाङमा आज बिहानदेखि कांग्रेसले अग्रता लिएको थियो । अहिले फेरि एमालेले अग्रता लिएको हो । शनिवार भएको उपचुनावमा ३० हजारभन्दा धेरै मतदान भएकोमा २६ हजार बढी मतगणना भइसकेको छ ।














