खाेज्नुहाेस

कञ्चनपुरको महोत्सवमा पहिलोपटक थारू गाउँको स्टल

Image

कञ्चनपुर- कञ्चनपुरको महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको छ । महेन्द्रनगरस्थित खुला मञ्चमा हुने सुदूरपश्चिम प्रदेशस्तरीय औद्योगिक व्यापार मेला तथा कञ्चनपुर पर्यटन महोत्सवमा पहिलोपटक थारू गाउँको छुट्टै स्टल राखिने भएको हो ।

navjiwan hospital

कञ्चनपुर उद्योग वाणिज्य संघद्वारा आयोजित १५औँ संस्करणको महोत्सवमा राखिने थारू गाउँको स्टलमा कैलाली, कञ्चनपुरका थारू समुदायको लोक संस्कृतिका साथै मौलिक खाने परिकारको प्रदर्शन गरिने बताइएको छ ।

attariya hospital

‘कृषि, उत्पादन र स्वरोजगार आर्थिक समृद्धिको आधार’ भन्ने मूल नाराका साथ फागुन २१ गतेदेखि महोत्सव सुरु हुँदैछ । १० दिनसम्म सञ्चालन हुने महोत्सवमा दुई लाख दर्शकले अवलोकन गर्ने र पाँच करोडको कारोबार हुने अनुमान गरिएको छ ।