
धनगढी – कैलालीको फूलबारीमा महिलाको पाठेघरको क्यान्सर पत्ता लगाउन स्क्रिनिङ क्याम्प आयोजना गरिएको छ । शुशिल कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा नेपालगञ्जको समन्वयमा धनगढी उपमहानगरपालिकाले फूलबारी स्वास्थ्य चौकीमा हेल्थ क्याम्प आयोजना गरेको हो ।
क्याम्पमा १४ जना महिलाको पाठेघरको भिआइए (भिजुअल इन्पेक्सन विथ असेटिक एसिड) जाँच रिपोर्ट पोजेटिभ आएको छ । १३८ जना महिलाले भिआइए जाँच गराएका थिए । सो क्याम्पमा २८३ जनाले सेवा लिएका थिए ।



















