डोटी- डोटीको जोरायल गाउँपालिका-६ गावरमा बाघले खोरमै पसेर बाख्रा मारेको छ । स्थानीय धर्मादेवी साँउदको घर नजिकैको खोरमा बाघ पसेर खोरमा रहेका ९ ओटै बाख्रा मारेको हो ।
राति पसेको बाघले उनको बाख्रा खोर नै रित्याइदिएको छ । पहिले पनि सो क्षेत्रमा वनमा चर्न गएका बाख्रा बाघले मार्ने गरेको थियो ।