खाेज्नुहाेस

बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक

Image

बैतडी – बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालयले एक सूचना जारी गर्दै तीन दिनसम्म बैतडीका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालन गर्न रोक लगाइएको हो । जिल्ला प्रशासन कार्यालय बैतडीले अविरल वर्षा र मनसुनजन्य विपद्को जोखिमलाई मध्यनजर गर्दै जिल्लाभित्रका ग्रामीण कच्ची सडकमा सवारी सञ्चालनमा अस्थायी रुपमा रोक लगाएको जनाएको छ ।

navjiwan hospital

प्रशासनले उक्त अवधिमा सम्भावित पहिरो, बाढी तथा सडक अवरुद्ध हुने जोखिम उच्च रहेकाले यात्रु र सवारी चालकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको जनाएको छ । पक्की सडकमा समेत अत्यन्त सावधानी अपनाएर मात्र सवारी सञ्चालन गर्न सबै चालकलाई आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

attariya hospital

प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईद्वारा जारी सूचनाअनुसार राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य प्रकोपका कारण बैतडीलाई उच्च जोखिमयुक्त जिल्लाको सूचीमा राखेपछि साउन २ गते शनिबार बेलुका ६ बजेदेखि साउन ४ गते सोमबार बिहान ६ बजेसम्म ग्रामीण कच्ची सडकमा सवारी साधन सञ्चालन पूर्ण रूपमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालय बैतडीले जनाएको छ ।