काठमाडौँ- सुनको मूल्य तोलामा ६ सय रुपैयाँले बढेको छ । आइतबार सुनको मूल्य तोलाको एक लाख १९ हजार २ सय रुपैयाँ कायम भएको छ ।
आज चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर एक हजार ४ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।