खाेज्नुहाेस

गौशालालाई औषधी तथा पशु आहारा सहयोग

Image

धनगढी – पशु कल्याण धनगढी समितीले कैलालीको भजनीमा निशुल्क औषधी तथा पशु आहारा सहयोग गरेको छ। शनिवार पशु कल्याण धनगढी समिती र महुन्याल बहुमुखी क्याम्पस भजनीको आयोजनामा महुन्याल सामुदायीक पशु ब्यवस्थापन गौशाला समिती भजनी–१ मा निशुल्क औषधी तथा पशु आहारा सहयोग गरिएको हो।धनगढीका तारा ओझा,नवराज ओझा, केशव ओझाको सहयोग रहेको हो ।

navjiwan hospital

भजनी नगरपालिका १ मा रहेको गौसालामा गरिएको निशुल्क औषधी तथा पशु आहारा सहयोग कार्यक्रममा भजनी नगरपालिकाका प्रमुख केवल चौधरी, नगरपालिकाका प्रवत्ता बिक्रम चौधरी, वडा नम्बर १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, क्याम्पस ब्यवस्थापन समितीका अध्यक्ष टंक प्रसाद जोशी लगायत पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज अवस्थी, एन आइ सि एशिया बैँक धनगढीका सदस्यहरु,पशुकल्याण संघ सदस्य उमेश जोशी, बिरेन्द्र गिरी लगायतको उपस्थीती रहेको थियो।

attariya hospital

उक्त कार्यक्रममा पशु कल्याण संघबाट पशुका लागी १ क्वीन्टल बरान, केरा र औषधी, भिटामिन, घाँटीमा बाँध्ने बेल्ट गौसालाका अध्यक्ष र नगर प्रमुखलाई हस्तान्तरण गरिएको हो ।

यस्तै टंक प्रसाद जोशीका तर्फबाट १ ट्रली पराल, उप प्राध्यापक इनु शाहीबाट १ ट्रली पराल,राम शंकर डगौराबाट रु १ हजार ५, खगेन्द्र पन्तबाट ५ सय, चित्र बहादुर बिकबाट १० पाकेट नुन, किरण पालबाट ५० किलो गहुँ प्रदान गरिएको छ । पशु कल्याण धनगढी समितीका अध्यक्ष चेतराज यस्पाल अवस्थीले समय समयमा विभिन्न ठाँउ तथा सडकमा छाडिएका गाईहरुको उपचार सहित आहारा खुवाउने कार्यक्रम राख्दै आएको बताएका छन्।