खाेज्नुहाेस

चीनको शान्सी प्रान्तको आगोलागीमा परी २६ मानिसको मृत्यु

Image
सांकेतिक तस्बिर

चीनको उत्तरी क्षेत्रमा भएको आगोलागीमा परी करिब २६ जनाको मृत्यु भएको छ। बिहीबार चीनको शान्सी प्रान्तस्थित लुलियाङ सिटीमा भएको ४ तले भवनमा आगोलागी भएको हो।

navjiwan hospital

आगो नियन्त्रणमा आएको चीनका स्थानीय सञ्चार माध्यमले जनाएका छन्। दर्जनौँ मानिसलाई योगङ्जु कोइला उद्योग संयुक्त भवनमार्फत उद्दार गरिएको छ। ६३ मानिसलाई अस्पताल लगिएको बीबीसीले जनाएको छ।

attariya hospital

अमेरिका भ्रमणमा रहेका चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रमुख उद्योगमा भएको खतराको छानबिन हुने बताए। उनले अधिकारीहरुलाई मानिसको जीवनको रक्षा गर्न पनि निर्देशन दिए।

चीनको शान्सी प्रान्त अत्याधिक कोइला उत्पादन हुने क्षेत्र हो। सुरक्षा मापदण्डहरुको ढिलो कार्यान्वयन हुँदा यस्तो घटनाहरु चीनमा दोहिरने गरेका छन्।गत अप्रिलमा एक अस्पतालमा लागेको आगोलागीका कारण २९ मानिसको ज्यान गएको थिए।