खाेज्नुहाेस

इजरायलमा मृत्यु भएका थप ३ विद्यार्थीको शव पहिचान

Image

इजरायलमा हमास समूहको आक्रमणमा परी मृत्यु भएका नेपाली विद्यार्थीमध्ये थप तीन जनाको शव पहिचान भएको छ । यससँगै हालसम्म सो घटनामा मृत्यु भएका आठ जनाको शव पहिचान भएको आइतबार तेल अबिबस्थित नेपाली दूतावासले विज्ञप्तिमार्फत जनाएको छ ।

navjiwan hospital

दूतावासका अनुसार पदम थापा, प्रवेश भण्डारी र राजन फूलराको शव पहिचान भएको हो । बाँकीको शव पहिचानका क्रममा रहेको पनि दूतावासले जनाएको छ । साथै, विपीन जोशीको खोजी कार्य जारी राखिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

attariya hospital

गत ३० असोजमा इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपीन जोशी हराएका थिए । मृतकमध्ये चार नेपालीको शव स्वदेश ल्याइसकिएको छ ।