डडेल्धुरा – डडेलधुरा नम्बर नखुलेको सवारीसाधनको ठक्करबाट गम्भीर घाइते भएका एक जनाको मृत्यु भएको छ । गन्यापधुरा गाउँपालिकाको सकाइलस्थित केआईसिंह राजमार्गको चमकोटमा गम्भीर अवस्थामा भेटिएका ५६ वर्षीय पैदलयात्री राजकुमार देउवाको डडेल्धुरा अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनी बुधबार राति करीब १० बजे गाडीले ठक्कर दिएको अवस्थामा भेटिएका थिए । उपचारका क्रममा राति १२ बजे डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्युु भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

देउवालाई ठक्कर दिने गाडीको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


















