खाेज्नुहाेस

आज विश्व बालश्रम दिवस मनाइँदै

Image

आज विश्व बालश्रमविरुद्धको दिवस नेपालमा पनि विविध कार्यक्रम गरि मनाइँदैछ। यस वर्ष ‘बालश्रमविरुद्धको एक हप्ते पैरवीको सुरुवात र निरन्तरता’भन्ने नाराका साथ विश्व बालश्रमविरुद्धको दिवस विश्वभर मनाउन लागिएको हो।

विश्व बालश्रमविरुद्ध सरकार, रोजगार दाता,श्रमिक सङ्गठनहरू,नागरिक समाज, साथै विश्वभरका लाखौँ मानिसहरूलाई बाल श्रमिकहरूको उद्दार तथा उनीहरूलाई मद्दत गर्ने उद्देश्यका साथ यो दिवस मनाउने गरिन्छ।

attariya hospital
navjiwan hospital

सन् १९९० मा नेपालले संयुक्त राष्ट्र संघको बालअधिकार सम्बन्धी महासन्धिमा हस्ताक्षर गरेर बाल श्रमविरुद्धको विविध कार्य सञ्चालन गरी बालबालिकाको हकअधिकार सम्बन्धी कार्य गर्दै अएको छ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन आईएलओले पनि सन् २००२ बाट यो अन्तर्राष्ट्रिय दिवस मनाउन थालेको हो। नेपालमा पनि बाल श्रमका घटनाहरु धेरै हुने गरेको पाइन्छ। केही वर्ष यता झन्डै एक लाखको दरले बालश्रम घट्दै गए पनि अझै ५ देखि १७ वर्ष सम्मका ११ लाख बालबालिका बाल श्रममा रहेको तथ्यांक छ। तीमध्ये २ लाख २२ हजार ४ सय ९३ जना जोखिम पूर्ण काममा संलग्न रहेको अनुमान गरिएको छ।

नेपालमा कुल बाल श्रमको ८५ प्रतिशतभन्दा बढी कृषि क्षेत्रले ओगटेको आकंलन छ। नेपालमा रहेको मानव अधिकार तथा ओसारपसार नियन्त्रण ऐन २००७, नागरिक अधिकार सम्बन्धी ऐन १९९५, बालबालिका सम्बन्धी ऐन १९९२, बालश्रम प्रतिबन्ध तथा नियमित ऐन २००० र कमैया श्रम ऐन २००२ ले नेपालमा बाल श्रमलाई अवैध मान्दै बाल अधिकारलाई सुनिश्चित गरेको छ।