धनगढी – कैलालीको धनगढीबाट लागूऔषध सहित बझाङकी एक महिला र धनगढीकै २ किशोर पक्राउ परेका छन ।

बझाङको केदारस्युँ गउँपालिका घर भई हाल कैलालीको धनगढी उपमहानगरपालिका–१ एलएन चोकमा सञ्चालित समता क्याफेबाट २० ग्राम ६६० मिलिग्राम लागूऔषध चरेस सहित ३२ वर्षकी कुसला शाही पक्राउ परेकी छिन ।

उनको क्याफेमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा काउन्टर भित्र लुकाई राखेको अवस्थामा चरेस बरामद गरिएको थियो । यस्तै धनगढी उपमहानगरपालिका – ७ बेलीबाट खैरोहेरोइन ५० मिलिग्राम सहित २ जना किशोर पक्राउ परेका छन ।
प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले सुदूरपश्चिम प्रदेश ०१९०१४ प ३१६३ नम्बरको मोटरसाइकलमा सवार दुबैलाई चेकजाँच गर्दा लागू औषध बरामद गरिएको थियो ।


















