अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– ७ मा रहेको श्रीपुर खानेपानी उपभोक्ता तथा सरसफाई समितिको २ कोठे पक्कि भवनको उद्घाटन गरिएको छ । शनिबार गोदावरी नगरपालिकाका नगरप्रमुख वीरेन्द्र भट्टले समितिको नयाँ निर्मित २ कोठे पक्कि भवनको उद्घाटन गरेका हुन ।



नगरपालिकाको ८ लाख रुपैया र समितिको ६ लाख ११ हजार १९५ रुपैया गरी १४ लाख ११ हजार १९५ रुपैयाको लागतमा सो भवन निर्माण गरिएको समितिका अध्यक्ष दिर्घ बहादुर साउँदले बताए । उनले संस्थामा भौतिक संरचना अभावका कारण कार्यालय व्यवस्थापनमा समस्या हुन थालेपछि नयाँ भवन निर्माण गरिएको हो ।



















