खाेज्नुहाेस

बैतडीमा चट्याङ लागेर आमाछोरा घाइते, दुई भैँसी मरे

Image

बैतडी – बैतडीमा चट्याङ लागेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा बैतडी जिल्लाको पुर्चौडी नगरपालिका–६ रौलका ३५ वर्षीया पार्वती साउँद र उनका ८ वर्षीय छोरा विवेक साउँद रहेका छन् ।

navjiwan hospital

आइतबार साँझ घरभित्रै रहेका बेला परेको चट्याङले दुवै जना घाइते भएका पार्वतीका श्रीमान् गणेश साउँदले जानकारी दिए ।

attariya hospital

चट्याङबाटै गणेशका दुई भैंसी पनि मरेका छन् भने घरमा क्षति पुग्नुका साथै घरमा जडित सोलार ब्याट्रीसहितका उपकरणसमेत जलेर नष्ट भएका छन् ।