डोटी – डोटीमा एउटा घरमा आगलागी हुँदा लाखौको क्षती भएको छ । जिल्लाको बोगटान फुड्सिल गाउँपालिका – ७ पाल्तडामा रहेको स्थानिय लाल भुलको घरमा आगलागी हुँदा २ लाख रुपैयाँभन्दा बढीको क्षति भएको हो।

खाना पकाउँने क्रममा हुरी बतास चलेपछि आगलागी भएको प्रहरीको प्रारम्भिक अनुमान रहेको छ । भुलको गोठमा क्षति हुँदा घरगोठ पूणर्रुपमा जलेर नष्ट भएको छ। साथै गोठमा रहेको एक गाई आगोमा जलेर मृत्यु भएको छ । घर भित्र रहेका खाद्यान्न र कपडा पनि पुणर्रुपमा जलेको स्थानीय करन भुलले बताएका छन्। एक हल गोरुलाई आगोले घाइते बनाएको छ।

घटनापछि चनुकाडा प्रहरी चौकी ईन्चार्ज आन सिं धामी, वडाध्यक्ष चन्द्रमान सुनार लगायतले संयुक्त अनुगमन गरेका छन्। पीडितसंग भेट गर्दै अध्यक्ष सुनारले उचित क्षतिपूतिको आश्वासन समेत दिएका छन ।
















