आइतबार हालसम्मकै उच्च मूल्य कायम गरेको सुनको मूल्य सोमबार घटेको छ । आइतबारको तुलनामा आज प्रतितोला सात सय रूपैयाँ घटेर एक लाख ९ हजार ३ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

आइतबार छापावाल सुन प्रतितोला १ लाख १० हजार रूपैयाँ कायम भएको थियो । आज तेजावी सुन प्रतितोला एक लाख ८ हजार ८ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रूपैयाँ घटेर एक हजार ३३० रूपैयाँ कायम भएको छ ।

















