खाेज्नुहाेस

तोलामा २ सयले घट्यो सुनको मूल्य

Image

साताको तेस्रो कारोबार दिन मंगलबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ सय रुपैयाँले घटेर १ लाख ३ हजार रुपैयाँ कायम भएको छ ।

navjiwan hospital

यस्तै, आज तेजावी सुनको मूल्य तोलाको १ लाख २ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । यसअघि, सोमबार छापावाल सुन तोलाको १ लाख ३ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

attariya hospital

यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख २ हजार ७ सय रुपैयाँ निर्धारण भएको थियो । यता, मंगलबार चाँदीको भाउ भने स्थिर रहेको छ । मंगलबार चाँदीको भाउ १२ सय ९० रुपैयाँ कायम रहेको छ ।