खाेज्नुहाेस

धनगढीमा बैंक विरुद्ध व्यवसायी सडकमा

Image

धनगढी – कैलालीका उद्योग व्यवसायी बैंकको चर्को ब्याजदरविरुद्ध उत्रिएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले एकाएक आफूखुसी ब्याजदर बढाएको भन्दै व्यवसायीहरुले आज धनगढीमा विरोध प्रदर्शन गरेका हुन् ।

navjiwan hospital

विगतमा ६/७ प्रतिशत रहेको ब्याज एकाएक १७/१८ प्रतिशत पु-याउँदा व्यवसायीहरु समस्यामा परेको व्यवसायीहरुले गुनासो गरेका हुन ।

attariya hospital

राष्ट्र बैंकले ब्याजदरको नियमन र नियन्त्रण नगर्दा बैंकले चर्को ब्याज लिइरहेको भन्दै मुख्यमन्त्री कार्यालय अगाडी धर्ना समेत दिएका छन् । बैंकको चर्को ब्याजदर नियमन र नियन्त्रण गर्न ब्यवसायीको माग छ ।

कैलाली उद्योग वाणिज्य संघका उपाध्यक्ष पुष्कर ओझाले सरकारको निती तथा नियम एकदमै गलत तरिकाले गइरहेको बताए ।