धनगढी – धनगढीमा रहेको शिव शिखर बहुउद्देश्यीय संस्था विरुद्ध बचतकर्ता आन्दोलनमा उत्रिएका छन् । बिहीबार आफुहरुले बचत गरेको रकम फिर्ताको माग गर्दै बचतकर्ता आन्दोलनमा उत्रिएका हुन ।

सहकारी पीडित संर्घष समितिले सहकारी संस्थाले बचतकर्ताको रकम फिर्ता गर्न नसक्दा सेवाग्राहीहरू मर्कामा परेको जनाएको छ । बचतकर्ताको रकम ठग्न खोजेको भन्दै उनीहरूले सहकारीलाई कारबाही गर्न माग पनि गरेका छन् ।

शिव शिखर बहुद्देश्यीय धनगढी शाखाले बचत कर्ताको १५ अरब ८० करोड रुपैयाँ खाएर भागेको शिव शिखर बहूद्देश्यीय सहकारी पीडित संर्घष समितिका अध्यक्ष देवदत्त भट्टले बताए । बचतकर्ताको सो रकम फिर्ता नहुन्जेल आफूहरूले आन्दोलन गर्ने उनले बताए ।


















