खाेज्नुहाेस

हिउँदे बर्षाले किसानलाई राहत, बोरिङ, पम्पसेटबाट सिचाई गर्नुपर्ने झन्जट हट्यो

Image

अत्तरिया – लामो समयको खडेरी पछि भएको बर्षाले किसानलाई राहत मिलेको छ । बर्षाले खेतमा लगाएको गहुँ, तोरी लगायत तरकारी बालिका लागि सिचाइ पुगेपछि किसानलाई राहत मिलेको हो । तराइ क्षेत्रमा बोरिङ, पम्पसेटबाट सिचाई गर्नुपर्ने झन्जट हटेको छ । पहाडी क्षेत्रमा सिचाइ नभएको क्षेत्रमा सुक्न थालेको गहुँ बालिलाई पनि राहत मिलेको छ ।

कैलालीको चुरे गाउँपालिकाका किसान तिकल बमले बर्षा गहुँ खेतीका लागि बरदान भएको बताए । उनले सिचाइ नहुँदा सुक्न थालेको गहुँमा बर्षाले राहत पुगेको बताए ।

attariya hospital
navjiwan hospital

‘हाम्रो यहाँ सिचाइको व्यवस्था छैन । ट्याङ्किमा थोरै जम्मा भएको पानीले सिचाई गर्न पुग्दैन्’ उनले भने ‘बर्षा भएपनि गहुँका लागि सिचाइ पुगेको छ । गहुँको उत्पादन राम्रो हुने आशा जागेको छ ।’ १० रोपनी गहुँ खेती गरेका बम व्यवसायीक रुपमा भने सुन्तला खेती गर्दै आइरहेका छन । उनले सुन्तलाको उत्पादन लिइसकेको भएपनि बर्षाले सुन्तलाको बोटका लागि पनि फाइदा पुगेको बताए । ५ सय बोट सुन्तला खेती गरेका बमले २ सय क्यून्टले उत्पादन गरेको उनले बताए ।

गोदावरीका किसान हिक्मत कडायतले बर्षाले किसानलाई निकै फाइदा गरेको बताए । गहुँ खेती संगै भैसी पालन फर्म संचालन गरेका उनले बर्षाले भैसीका लागि लगाएको घाँस खेती पनि सप्रीने बताए । ‘पानी परेपछि सिचाइ गर्नुपर्ने समस्या हटेको छ’ उनले भने ‘लामो समय देखि पानी नपर्दा जमिन सुख्खा भएको थियो ।’ उनले मंगलबार राती पानी संगै चलेको हावाहुरीले भने फर्ममा क्षती गरेको बताए ।

कृषि ज्ञान केन्द्र कैलालीका अनुसार कैलालीमा हाल ३४ हजार ५ सय हेक्टरमा गहुँ खेती गरिएको छ । तर, सबै क्षेत्रमा सिचाइको सुविधा नहुँदा आकाशे पानीको भर पर्नुपर्ने बाध्यता छ । कृषि ज्ञान केन्द्र कैलालीका सूचना अधिकारी जनक राज बोहराले कैलालीमा ९० हजार ९३५ हेक्टर खेतियोग्य जमिन रहेकोमा ७० हजार ५ सय हेक्टरमा मात्रै सिचाइ सुविधा पुगेको छ ।

जुन ८१ प्रतिशत हो । तर, यसमा बर्षैभरी सिचाई हुने क्षेत्रफल भने ४२ हजार ७ सय हेक्टर मात्रै रहेको छ । बर्षादको समयमा सिचाई गर्न सहज भएपनि हिउँदे बालिमा भने सिचाई गर्न जिल्लामा निकै समस्या हुने गरेको छ ।