खाेज्नुहाेस

सुनको मूल्यले बनायो नयाँ रेकर्ड

Image
file photo

नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको छ । लगातार बढिरहेको सुनको मूल्य आज (मंगलबार) हाल सम्मकै उच्च बिन्दुमा पुगेको हो ।

navjiwan hospital

यस अघि २०७८ फागुन २५ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड बनाएको थियो । उक्त समयमा सुन प्रतितोला एक लाख पाँच हजार पाँच सय रुपैयाँ पुगेको थियो ।

attariya hospital

आज सुन प्रतितोला एक लाख छ हजार तीन सय रुपैयाँ पुगेको छ । यो मूल्य पछिल्लो रेकर्डभन्दा छ सय रुपैयाँ बढी हो । यस्तै तेजाबी सुन प्रतितोला एक लाख पाँच हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख पाँच हजार तीन सय रुपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख चार हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।