खाेज्नुहाेस

जोखिममा साइकल यात्रा

Image

अत्तरिया – अत्तरियाका निरज धामी सधै साइकलमा विद्यालयल जान्छन् । साइकलमा जाँदा उनको सयम बचत हुने भएपनि उनी साइकलमा ढुक्क संग भने यात्रा गर्न पाउँदैनन् । ‘साइकलमा विद्यालय जाँन सजिलो त हुन्छ तर, राजमार्गमा साइकल चलाउँदा निकै डर लाग्छ’ उनले भने ‘डरैडरले साइकल चलाएर विद्यालय पुग्छु ।’ साइकलमा गन्तव्यमा पुग्न सजिलो, व्यायाम पनि हुने र वातावरणमैत्री भएपनि साइकलका लागि छुटै लेनको व्यवस्था नहुँदा यात्रा निकै जोखिमपूर्ण छ । ठूला सवारी साधन र साइकल एउटै सडकमा चलाउनु पर्दा धेरै साइकल यात्रीले ज्यान समेत गुमाउनु परिरहेको छ ।

शुक्रबार मात्रै बसको ठक्करबाट साइकलमा यात्रा गरिरहेका बेदकोट नगरपालिका–६ का कविराज बैजको मृत्यु भएको छ । शुक्रबार बिहान पूर्वपश्चिम राजमार्गअन्तर्गत सुडामा साइकल मार्फत कलेज जाँदै गर्दा बसको ठक्करबाट उनको मृत्यु भयो । महेन्द्रनगरस्थित कञ्चन विद्यामन्दिरमा स्नातक तह प्रथम वर्षमा अध्ययन बैजको साइकल यात्रा सदाका लागि रोकिएको छ ।

attariya hospital

ठूला सवारी साधन संगै साइकल चलाउनु पर्दा सबैभन्दा बढी जोखिममा विद्यालय जाने विद्यार्थी पर्ने गरेका छन । केही दिन अघि धनगढी उपमहानगरपालिका – ५ पञ्चोदय माबि हसनपुरमा कक्षा ८ मा अध्यानरत चेतना साउँदको पनि साइकलमै विद्यालय जार्दै गर्दा मृत्यु भयो । उनको मृत्यु पछि विद्यार्थी आन्दोलित भएर धनगढीमा कफ्र्यु नै लगाउनु प-यो ।

साइकलको यात्रा जोखिपुर्ण बन्दा कलिलो उमेरमै विद्यार्थीहरुले ज्यान गुमाउनु परिरहेको छ । तर, मृत्यु पछि आन्दोलन गर्ने र त्यसलाई थामथुम पार्न सरकारले बल प्रयोग गर्ने बाहेक अहिले सम्म साइकलको यात्रालाई सुरक्षित बनाउनु भने पहल भने भएको देखिदैन् । सुदूरपश्चिममा बिशेष गरेर तराइका जिल्ला कैलाली–कञ्चनपुरका राजमार्ग क्षेत्रमा साइकलमा यात्रा गर्न निकै जोखिमपूर्ण छ ।

स्कुल, कलेजमा बालबालिकालाई रोडको अनुशासनका बारेमा थाहा नहुँदा साइकल दुर्घटना बढेको साइकल यात्री भरत विक्रम शाहले बताए । उनले बालबालिकालाई ट्राफिक नियम, रोडमा कसरी हिड्ने, लगायतका जानकारी नभएको बताए ।

उनले सडक पनि साइकल मैत्री नभएका कारण पनि दुर्घटना हुने गरेको बताए । ‘रोड आज भन्दा ४० बर्ष पहिलेको आवश्यकता अनुसार बनेका छन । अहिले त्यही सडक प्रयोग गरिरहेका छौ’ उनले भने ‘अहिले सडकमा पैदलयात्री हिड्ने, साइकल हिड्ने, ह्युइलचेयर चलाउने मार्किङ छैन ।’ उनले राजमार्ग किरानारमा मेन्टेन गरेर येलो लाईन बनाउन सके यसबाट दुर्घटनामा कमि ल्याउन सकिने बताए ।

navjiwan hospital

जनचेतनाका कार्यक्रम गरिरहेका छौ : प्रहरी

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक (एसपी) प्रविण धितालले तुलनात्मक रुपमा दुर्घटनाका घटना कमी आएको भएपनि साइकलको यात्रा भने जोखिम मुक्त नभएको बताए ।

उनले साइकल यात्रीले पनि आफूले पालना गर्नेपर्ने नियम नमान्दा दुर्घटनाको जोखिम बढेको बताए । ‘सडक प्रयोगकर्ताको लापरवाही नै दुर्घटनाको मुख्य कारणका रुपमा देखिने गरेको छ । सवारी चालकले पनि तिब्र गतिमा सवारी चलाउने गरिन्छ’ उनले भने साँझ र बिहानको समयमा साइकलमा यात्रा गर्दा साइकलमा रिफ्लेक्टिङ टेप लगाउने र चम्किलो लुगा लगाउन आवश्यक छ । तर, यी कुरामा साइकल यात्रीले खासै ध्यान दिएको पाइँदैन ।’

उनले सडक किनारामा साइकल हिड्नको लागि छुटै लेन नहुँदा पनि दुर्घटना बढेको बताए । ‘ठूला सवारी साधन चल्ने बाटोमै साइलक चलाइन्छ’ उनले भने ‘यस्तोमा २ ठूला गाडीको क्रसिङ पर्दा दुर्घटनाको जोखिम धेरै हुन्छ ।’ उनले साइकल हाइवेमा भन्दा पनि बजार क्षेत्रमा बनाउन मिल्ने बताए ।

‘यसका लागि स्थानीय तहले नै जिम्मेवारी लिनुपर्छ । जस्तो ललितपुर नगरपालिकाले गरिरहेको छ’ उनले भने ‘उनले सुदूरपश्चिममा श्रमीक र विद्यार्थी बढी साइकल चलाउने भएकाले उक्त वर्ग दुर्घटनाको जोखिममा रहेको छ ।’

सवारी साधनको अत्याधिक चाप हुने अत्तरियामा पनि सयौ विद्यार्थी चोक भएर विद्यालय आउने जाने गरेका छन । यहाँ सडक फराकिलो भएपनि साइकलको लेन भने छैनन् । जसले गर्दा विद्यार्थीहरु ठूला सवारी साधन चलाउने सडकमै साइकल चलाउने गर्छन् । उनले ट्राफिक प्रहरीले सवारी दुर्घटनाका लागि विद्यालयहरुमा जनचेतना मुलक कार्यक्रम गरेपनि मजदुर वर्ग भने त्यसमा समेटिन नसकेको बताए ।
‘विद्यार्थीहरु जानकारी भएर पनि साइकल चलाउदाँ नियम पालना गरेको देखिदैन्’ उनले भने ‘यसका लागि घर परिवार, विद्यालय, स्थानीय निकाय सबैले लाग्नुपर्छ ।’

उनले स्थानीय तहले यसमा खासै चासो नदिएको बताए । उनले भने ‘हामीले धेरै स्थानीय तहलाई पत्राचार गरेर गाउँपालिकाका भेला, बैठकमा बोलाइदिनु हामी निःशुल्क प्रशिक्षण दिन्छै भन्ने गरेका छौ तर, कसैले पनि वास्ता गरेको देखिदैन् ।’