अत्तरिया – बैतडीको मेलौली नगरपालिकाका विद्यालय आज बन्द गरने भएका छन । नगरपालिकाले शिक्षकको मृत्यु भएको शोकमा सोमबार एक दिन शोक विदा दिएको हो ।

नगरपालिकाको वडा नम्बर १ मा रहेको जनचेतना आवि गँगापुरमा कार्यरत शिक्षक रोशन सिह नायकको मृत्यु भएको शोकमा नगर भित्रका सबै विद्यालय विदा हुने मेलौलीका प्रमुख प्रशासकीय अधिकृत जगदिश प्रशाद जोशीले जारी गरेको सूचनामा उल्लेख छ ।

शिक्षक नायकको मंसिर २४ गते निधन भएको थियो ।


















