खाेज्नुहाेस

धनगढीमा निर्माण गरिएको देउथान थारु संघको भवनको उद्घाटन

Image
navjiwan hospital

धनगढी – कैलालीको धनगढीमा निर्माण गरिएको देउथान थारु संघको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । शनिबार एक कार्यक्रमका बिच नेकपा एमालेका नेता एवं प्रतिनिधि सभा क्षेत्र नम्बर ५ का निवर्तमान सांसद नारदमुनि रानाले भवनको उद्घाटन गरेका हुन ।

उक्त भवन रानाको सांसद विकास कोषबाट बनाइएको थियो । उद्घाटन कार्यक्रममा एमाले सुदूरपश्चिम प्रदेश कमिटी सचिव धर्मराज पाठक, एमाले केन्द्रीय निर्वाचन बिभाग सदस्य रणबहादुर चन्द, जिल्ला कावा अध्यक्ष दुर्गा जोशी, धनगढीका पूर्वमेयर खेमराज पाण्डे, जिल्ला कमिटी सदस्य एवं रानाथारु समाजका केन्द्रीय उपाध्यक्ष कमलसिं राना लगायतका नेताहरुको उपस्थिति थियो ।

attariya hospital