खाेज्नुहाेस

बैतडीमा महिलाका नाममा ५ सय उद्योग दर्ता

Image
file photo

बैतडी – पछिल्लो समय बैतडीमा महिलाको नाममा उद्योग दर्ता हुने क्रम बढेको छ । राजश्व कम लाग्ने भएकाले महिलाका नाममा उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।

navjiwan hospital

दुई वर्षमा मात्रै यहाँ महिलाका नाममा पाँच सय आठ उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी लक्ष्मण साउँदका अनुसार आर्थिक वर्ष २०७८/७९ मा सात सय ५४ उद्योग दर्ता भएकामा दुई सय ७१ उद्योग महिलाका नाममा दर्ता भएका भएका छन् ।

attariya hospital

यस्तै २०७७/७८ मा पाँच सय ९४ साना उद्योग दर्ता भएकामा दुई सय ३७ उद्योग महिलाका नाममा दर्ता भएका छन्। महिलाका नाममा उद्योग दर्ता भए ५० प्रतिशत राजश्व छुट हुने, विभिन्न बैंक तथा वित्तीय संस्थाहरुले सहुलियतमा कर्जा दिने भएकाले पनि महिलाका नाममा अहिले उद्योग दर्ता गर्ने क्रम बढ्दै गएको हो ।

दोगडाकेदार गाउँपालिका–३ की लक्ष्मी भट्टले राजश्व छुटका साथै महिला पनि उद्योग चलाउन सक्षम छन् भन्ने देखाउनका लागि आफ्नो नाममा उद्योग दर्ता गराएको बताइन् । बैतडीमा हालसम्म तीन हजार पाँच सय ९० उद्योग दर्ता भएका छन् ।
रासस