खाेज्नुहाेस

कैलालीको एक होटलमा युवती मृत फेला

Image
navjiwan hospital

धनगढी –  कैलालीको एक होटलमा युवती मृत अवस्थामा फेला परेकी छन्। जिल्लाको लम्कीचुहा ३ स्थित धमला होटेलमा युवती मृत भेटिएकी हुन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार दिउसो साढे १ बजे भोजपुर घर भएकी अन्दाजी २५ वर्षीया रोशनी राइ मृत फेला परेकी हुन्। उनी धमला होटेलको दोस्रो तलास्थित कोठा नम्बर २०९ मा मृत फेला परेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

attariya hospital