अत्तरिया – गोदावरी नगरपालिका – १ को वडा अध्यक्षका लागि नेपाली कांग्रेसबाट अशोक राज देवकोटाले आफ्नो दाबी पेश गरेका छन । उनले वडा कार्यालयले अध्यक्षमा आकांक्षीको नाम माग गरेकोमा मंगलबार आफ्नो दाबी पेश गरेका हुन ।
वडा अध्यक्षमा आफ्नो दाबी पेश गर्दै देवकोटाले वडालाई देशकै नमूना वडा बनाउने आफूसंग योजना रहेको बताएका छन । ‘वडामा थोेरै बजेट हुन्छ । तर, पनि मैले वडामा प्रदेश र केन्द्रको बजेट ल्याउने सामथ्र्य राख्छु’ उनले भने ‘यो क्षेत्रका मूख्य समस्यालाई टिपोट गरेर ति सबै समस्या सामाधान गरेर मैले देशकै नमूना वडा बनाउने छु ।’


उनले आफूले वडाको शिक्षा, स्वास्थ्य र रोजगारलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । ‘वडामा भएका सरकारी विद्यालयहरुलाई निजी विद्यालय भन्दा गुणस्तरीय शिक्षा दिने गरी स्तरोन्नती गर्ने छु’ उनले भने ‘स्वास्थ्यमा सबैको पहुच पुगाउने गरी गाउँघर क्लिनिक संगै अन्य व्यवस्थापकीय काम गर्ने छु ।’
उनले रोजगार बृद्धिका लागि कृषिलाई मुख्य प्राथमिकतामा राखेर काम गर्ने बताए । बाटोघाटो निर्माण र अन्य भौतिक संरचनाका काम भने स्थानीयको आवश्यकता अनुसार पुरा गर्दै जाने उनले बताए । ‘ठूला भौतिक संरचना बनाउनका लागि मैले प्रदेश, केन्द्र संग समन्वय गर्ने क्षमता राख्छु’ उनले भने ‘जसले यस क्षेत्रको विकासमा ठूलो सहयोग पुग्छ ।’ नेपाली कांग्रेसको गोदावरी नगर समिति सचिव समेत रहेका देवकोटा अत्तरिया उद्योग बाणिज्य संघका अध्यक्ष समेत रहेका छन ।
नेपाली कांग्रेस गोदावरी नगर समितिले सोमबार र मैगलबार उम्मेदवारी दावी गर्ने समय तोकेको छ । सोही अनुसार अहिले आकांक्षीहरुले दाबी पेश गर्ने क्रम जारी रहेको कांग्रेस गोदावरी नगर समितिले जनाएको छ ।















