काठमाडौं – खल्ती डिजिटल वालेटले फोन पे क्यूआर स्क्यानमा टीभीएस एन्टोर्क, वान प्लस नर्ड तथा पाँच हजार रुपैयाँ जित्ने ‘स्क्यानमा अफर’ ल्याएको छ । यस योजनामा फोनपे क्यूआरमा भुक्तानी गर्ने खल्ती प्रयोगकर्ता मात्र नभई खल्तीमार्फत क्यूआरमा भुक्तानी प्राप्त गर्ने फोनपे मर्चेन्ट पनि विजेता हुने जनाइएको छ ।

यस योजनामा बम्पर उपहार टीभीएस एन्टोर्क स्कुटर खल्तीबाट फोनपे क्यूआरमा भुक्तानी गर्ने एक प्रयोगकर्ता र भुक्तानी प्राप्त गर्ने एक फोन पे मर्चेन्टले प्राप्त गर्नेछन् ।

त्यसैगरी, हरेक हप्ता दुई खल्ती प्रयोगकर्ताले वान प्लस नर्ड स्मार्टफोन एन १०० को साप्ताहिक पुरस्कार र दैनिक पुरस्कारमा एक खल्ती प्रयोगकर्ताले पाँच हजार नगद पुरस्कार प्राप्त गर्ने जनाइएको छ । यो योजना यही फागुन २६ देखि आउँदो वैशाख १० गतेसम्म रहने खल्तीले जनाएको छ ।














