खाेज्नुहाेस

प्रधानन्यायाधीश विरुद्ध महाभियोगको प्रस्ताव दर्ता

Image

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध संसद सचिवालयमा महाभियोग प्रस्ताव दर्ता भएको छ । ९८ सांसदले उनीविरुद्ध संसद् बिहान ११ बजेर १० मिनेटमा महाभियोग प्रस्ताव दर्ता गरेका हुन् ।

navjiwan hospital

महाभियोग प्रस्ताव दर्ता गर्नेमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूसहित सत्तारुढ दलका सांसदको टोली छन् ।

attariya hospital

संसद सचिवालयका अनुसार आइतबार बिहान ९८ सांसदको हस्ताक्षरसहित सांसदहरू सभामुख अग्निप्रसाद सापकोटालाई भेट्न पुगेका थिए । सभामुखलाई भेट्न पुगेका सांसदहरुमा पुष्पा भुसाल, जीवनराम श्रेष्ठ, देव गुरुङ, गगन थापा लगायत छन् ।

मन्त्रिपरिषदमा भागबण्डा खोजेको लगायतका कारण विवादित बन्दै आएका जबराविरुद्ध नेपाल बार एशोसिएनसले एक सय सात दिनदेखि आन्दोलन गरिरहेको छ ।