खाेज्नुहाेस

कैलाली–कञ्चनपुरमा १ लाख ५१ हजार बढीका भन्सार छलीका सामान बरामद

Image

धनगढी – कैलाली र कञ्चनपुरका विभिन्न स्थानबाट प्रहरीले भन्सार छली गरी ल्याइएका करिब डेढ लाख रुपैयाँभन्दा बढी मूल्यका सामान बरामद गरेको छ।

navjiwan hospital

जिल्ला प्रहरी कार्यालय कैलाली मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले बुधबार धनगढी उपमहानगरपालिका–३ ट्राफिक चौराहा तथा भजनी नगरपालिका–५ स्थित ठेकीपुल र हलौनाघाट क्षेत्रबाट भारतबाट अवैध रूपमा भन्सार छलि गरी ल्याइएका अन्दाजी १ लाख १८ हजार ६५० रुपैयाँ बराबरका बिडी, सुर्ती, पेय पदार्थ, ल्वाङ, सुकमेल, कुर्ती, सुटपिस, सिद्रा माछा, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको हो।

attariya hospital

त्यसैगरी, कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुराकोटबाट इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले भारतबाट भन्सार छलि गरी ल्याइएका अन्दाजी ३३ हजार रुपैयाँ बराबरका चिनी, प्लास्टिक झिल्ली लगायतका सामान बेवारिसे अवस्थामा बरामद गरेको छ।

बरामद गरिएका सबै सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। साथै, थप कारबाहीका लागि सम्बन्धित भन्सार कार्यालयमा पठाइने प्रहरीले जनाएको छ।