बाँके – बाँके प्रहरीले शनिवार दुई भारतीय लुटेरालाई पेस्तोलसहित पक्राउ गरेको छ । जानकी गाउँपालिका–५, बुढियागाउँबाट भारत रुपैडिहा निबियाका २६ वर्षीय डम्बु मनिहार र बाबागञ्ज बाबाकुटीका २८ वर्षीया निजामुद्दिन कवडियालाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनीहरूले बर्दिया बढैयातालका पर्शुराम सार्कीको घरबाट पुस २९ मा ३ लाख ३५ हजार नगद र सुन लुटेका थिए ।

त्यस्तै माघ १७ गते बाँके खजुरा डी गाउँका हरिप्रकाश विकको घरबाट ५० हजार नगद र मोटरसाइकल लुटेको प्रहरीले जनाएको छ । सो मोटरसाइकल भोलिपल्ट (माघ १८) साँझ बर्दियाको बढैयातालनजिकको पोखरीमा फेला परेको थियो ।
पक्राउ परेको उनीहरूमाथि अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ ।


















