अछाम – अछाममा ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । ट्याक्टरले किच्दा पन्चलदेवल विनायक नगरपालिका–६ का किरण रावलको मृत्यु भएको हो ।

स्थानीय लोकेन्द्र अधिकारीले चलाएको सुपप्र ०१००२ त ५९४१ नम्बरको ट्याक्टरमा सवार रावल ट्याक्टरबाट खसेपछि सोही ट्याक्टरले किचेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

दुर्घटनामा घाइते भएका उनको उपचारका लागि कोहलपुर मेडिकल कलेज लैँजादै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

















