आज पनि देशका केही भू–भागमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको हो ।

प्रदेश–१, प्रदेश, गण्डकी तथा लुम्बिनी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागहरूमा आंशिक बदली रहनेछ । आज राति पनि देशको उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज बिहान तराईका धेरै भू–भागमा हुस्सु र कुहिरो लागिरहेको छ । केही दिनयताको लगातारको हुस्सु र कुहिरोले तराईको जनजीवन प्रभावित भएको छ ।
महाशाखाका अनुसार हाल पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव कायमै रहेको छ ।

















