बाजुरा – नेकपाका सांसद गणेश विकले बाजुरा जिल्लाका विभिन्न क्षेत्रका तीन सय भन्दा बढी दलित परिवार पहिरोको उच्च जोखिममा रहेको भन्दै उनीहरूको तत्काल स्थानान्तरण गर्न माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा विकले बाजुराको बडीमालिका नगरपालिका र स्वामिकार्तिक गाउँपालिकाका दलित बस्तीहरू लामो समयदेखि पहिरोको त्रासमा बाँचिरहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

उनका अनुसार बडीमालिका नगरपालिका वडा नं ७ तलगाउँ, भुगाडीपाटा र सिराडी टोलका करिब दुई सय ८५ दलित परिवार जोखिममा परेका छन् । त्यस्तै स्वामिकार्तिक गाउँपालिका वडा नं १ का करिब ३५ दलित घरपरिवार पनि समस्या छन् ।
















