धनगढी – यसअघि कञ्चनपुरकी किशोरी निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणमा शंकास्पद भन्दै पक्राउ गरिएका भारतीय नागरिक अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका भन्दै धरौटीमा छटेका छन ।
कञ्चनपुर प्रहरीले पक्राउ गरेका भारतीय नागरिक अलि हुसेन एक हजार रुपैयाँ धरौटीमा छोडेको हो ।


हुसेनलाई निर्मला प्रकरणमा नभएर अभद्र व्यवहार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले बताएको छ । तर, उनको गतिविधि निर्मला प्रकरणमा पनि शंकास्पद देखिएको कारण डिएनए परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
हुसेनलाई निर्मला प्रकरणमै पक्राउ नगरिएको भए पनि उनका गतिविधि शंकास्पद देखिएकाले उनको डिएनए परीक्षण अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार हुसेनले निर्मलालाई जिस्काउने गरेको भन्दै स्थानीय व्यक्तिहरूले त्यसवेला बयान दिएका थिए । त्यही आधारमा अलीसहित केही व्यक्तिको ‘स्केच’ बनाएर खोजी गरिरहेको प्रहरीले केही समयअगाडि उनलाई पक्राउ गरेको थियो ।
भीमदत्त नगरपालिका–१८, निम्बुखेडास्थित उखुबारीमा ११ साउन २०७५ मा १३ वर्षीया किशोरी पन्तको शव भेटिएदेखि थियो । तर, प्रहरीले अहिलेसम्म अपराधी पक्राउ गर्न सकेको छैन ।















