खाेज्नुहाेस

सुदूरपश्चिममा एकैदिन १५८ कोरोना संक्रमित थपिए

Image

अत्तरिया – सुदूरपश्चिम प्रदेशमा एकैदिन १ सय ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ३ सय ८५ नमूनाको कोरोना परिक्षण गरिएकोमा १ सय ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य निर्देशनायल डोटीका अनुसार एन्टिजेन बिधिबाट १ हजार २ सय ६९ नमूनाको कोरोना परिक्षण गर्दा  १ सय १ र पीसीआर बिधिबाट १ सय १६ नमूनाको कोरोना परिक्षण गर्दा ५७ जनामा कोरोना पुष्टि भएको हो ।

attariya hospital
navjiwan hospital

यो संगै प्रदेशमा कोरोना संक्रमितको संख्या ४८ हजार ६ सय ७७ पुगेको छ ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा ६ जनाले कोरोना जितेका छन । यो संगै प्रदेशमा कोरोना जित्नेको संख्या ३८ हजार १ सय ८६ पुगेको छ ।