खाेज्नुहाेस

कैलालीबाट ४५ खसिबोका नियन्त्रणमा

Image

अत्तरिया – कैलालीको धनगढीबाट अवैध रुपमा ओसार– पसार भइरहेका ४५ खसिबोका नियन्त्रणमा लिइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालाले धनगढीबाट अवैध रुपमा ओसार– पसार भइरहेका ४५ खसिबोका नियन्त्रणमा लिएको हो ।

प्रहरीले बिहिबार बिहान धनगढी चौराहाबाट कञ्चनपुरको पुनरवास नगरपालिका – ८ का ३६ बर्षिय राम किशोर रानाले चलाएको सु.प.प्र. ०१–००२ त ५१८२ नम्बरको ट्याक्टरबाट उक्त खसिबोका नियन्त्रणमा लिएको जनाएको छ ।

attariya hospital
navjiwan hospital

राना संगै प्रहरीले पाँचथर फिदिम नगरपालिका – ४ बस्ने ४१ बर्षिय टंक बहादुर थापा र फिरफिरे गाउँपालिका – ८ बस्ने ३७ बर्षिय तिल प्रसाद पौडेललाई नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार बिषेश सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा साथमा उक्त खसी बोकाको क्वारेन्टिन कागजपत्र नभएकाले नियन्त्रणमा लिइएको हो ।

बरामद गरेका खसिबोका सहित तिनै जनालाई नियन्त्रणमा लिई आबस्यक कारवाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगर पठाएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।