खाेज्नुहाेस

पाटनलाई नयाँ सहर बनाउने योजना : ११ बर्षमा २० प्रतिशत मात्रै काम

Image

बैतडी – बैतडीको पाटनलाई नमुना सहर बनाउने योजना अलपत्र परेको छ । आर्थिक वर्ष ०६७÷६८ मा मुलुकका १० वटा सहरलाई नमुना सहर बनाउने योजना बनाइएको भएपनि सो योजना अलपत्र परेको हो ।

योजना अनुसार काम थालेको ११ वर्ष भइसक्दा पनि अहिले नमुना सहरका लागि २० प्रतिशत मात्रै काम भएको छ ।

attariya hospital

नयाँ सहरअन्तर्गत पाटन नगरपालिकामा विमानस्थल, सुविधा सम्पन्न अस्पताल, खानेपानी, ल्यान्ड पुलिङको काम गर्ने, सबै वडासम्म सडक पु¥याउने योजना राखिएको थियो ।

त्यस्तै मनोरञ्जन पार्क, बजारभित्रको सडक कालोपत्र गर्ने र बसपार्क बनाउने योजना पनि नमुना सहरमा समेटिएको थियो । गतवर्षबाट सञ्चालनमा आएको पाटन विमानस्थलमा साताको एक दिन मात्र उडान हुन्छ । धावनमार्ग बाहेक टर्मिनल भवन र सुरक्षा संयन्त्रको व्यवस्थापन हुनै बाँकी छ ।

navjiwan hospital

निर्माण अलपत्र बन्दा बसपार्क घाँसे मैदान बनेको छ । ‘यतिका वर्षसम्म नयाँ सहरका लागि केही काम भएको छैन । सुरु गरिएका काम पनि अधुरै छन्,’ स्थानीय चमनकुमार भण्डारीले भने, ‘सहर बन्छ भनेर खुसी भएका स्थानीय दुःखी छौं ।’

सहरको मुख्य काम ल्यान्ड पुलिङको भए पनि यही काम हुन नसकेको नयाँ सहर आयोजनाका सूचना अधिकारी विरेन्द्रकुमार यादवले बताए । बजेट अभाव र स्थानीयले कुरा नबुझ्दा काम अघि बढ्न नसकेको उनको आरोप छ । ‘

नगरपालिकाका सबै वडासम्म सडक जोड्ने योजना पनि कम बजेट र चट्टानीक्षेत्र भएकोले अघि बढ्न नसकेको कार्यालयले जनाएको छ ।

आयोजनाको कार्यालय नै सुरुमा कहिले संघ त कहिले प्रदेशअन्तर्गत पर्ने अन्योलका कारण बसपार्कको कामले गति लिन नसकेको यादव बताउँछन ।

डेढ वर्षअघि कार्यालय पाटनमै स्थापना भएपछि थप काम गर्न सहज भइरहेको उनको दाबी छ । २ करोडको खानेपानी योजना पनि अलपत्र छ । डीपीआर लगायत काम सकेर निर्माण सुरु गर्ने बेला स्थानीयले विवाद गरेपछि ठप्प बनेको उनले बताए । ‘पछि खोजिएको मुहान धेरै टाढा भएको र यसमा बजेट धेरै चाहिने भएकोले कामै हुन सकेको छैन,’ उनले थपे ।

कार्यालयका अनुसार वार्षिक १०–१२ करोड रुपैयाँसम्म नयाँ सहरको लागि बजेट आउने गरेको छ । जसबाट हालसम्म कार्यालय भवन र बजारभित्रको सडक कालोपत्र गर्ने मात्र काम भएको छ । एउटा सडकको ट्र्याक पनि खोलिएको छ ।