खाेज्नुहाेस

प्रधानमन्त्रीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानियो

Image

लखनउ – युपीको सुल्तानपुरमा भारतीय प्रम नरेन्द्र मोदीलाई कालो झन्डा देखाउने महिलालाई गोली हानिएको छ। कालो झन्डा देखाउने रीता यादवलाई अज्ञात व्यक्तिले गोली हानेका हुन्।

navjiwan hospital

खुट्टामा गोली लागेर घाइते भएकी महिलालाई पहिला सीएचसी लंभुआ अस्पतालमा भर्ना गरिएको थियो। पछि थप उपचारको लागि सुल्तान जिल्ला अस्पताल रिफर गरियो। हाल उनको सोही अस्पतामा उपचार भइरहेको छ।

attariya hospital

सर्कल अफिसर सतीश चंद शुक्लाले पीडितको वयान लिएका छन्। घाइते यादवले मीडियामा दिएको बयानमा आफू ब्यानर बनाउन सुल्तान गएको र त्यहाँबाट घर फर्कने क्रममा हाइवेमा तीनजनाले आफू चढेको बोलेरो ओभरटेक गरेको बताइन्।

‘उनीहरुले गाली गर्दै ज्यान मार्ने धम्की दिएका थिए’ उनले भनिन्, ‘मेरो ड्राइभरको कन्चटमा बन्दुक राखे। मैले उनीहरुलाई एक झापड हानें त्यसपछि उनीहरुले मलाई गोली हाने। गोली मेरो खुट्टामा लाग्यो।’