खाेज्नुहाेस

सुदूरपश्चिमका केही स्थानमा बर्षाको सम्भावना

Image

धनगढी – जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज सुदूर पश्चिमका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षा सम्भावना रहेको जनाएको छ।

साथै सुदूर पश्चिम संगै कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावनासमेत रहेको महाशाखाले जनाएको छ।

attariya hospital

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। हाल प्रदेश नम्बर १ र २ लगायत अन्य प्रदेशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।

navjiwan hospital

आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही अन्य बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भूभागको एकदुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

शनिबार राती प्रदेश १ को पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। प्रदेश १ को पहाडी भूभागको एकदुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ।

महाशाखाले देशभर चिसो बढ्ने क्रम रहेकोले पर्वतारोहण, हवाईर यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले आवश्यक सुरक्षा एवं सतर्कता अपनाउन अनुरोध गरेको छ।

उसले आइतबार दिउँसो सुदूर पश्चिम र कर्णाली प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भूभागमा आंशिक बदली रहने जनाएको छ। सुदूर पश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरूमा हल्का वर्षाको साथै सुदूर पश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।