खाेज्नुहाेस

आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस

Image

धनगढी – आज अन्तर्राष्ट्रिय अपाङ्ग दिवस डिसेम्बर ३ सन् १९९२ देखि संयुक्त राष्ट्रसंघले अपाङ्गता भएका व्यक्तिका लागि अन्तर्राष्ट्रिय अपाङ्ग दिवसका रुपमा मनाउने गरेका हो ।

navjiwan hospital

अपाङ्गतासम्बन्धी विभिन्न विषयमा छलफल गर्न, विभिन्न चुनौतिहरुको समाधान निकाल्न, अपाङ्गतासम्बन्धी जागरण फैलाउन र अपाङ्गता भएका व्यक्तिको अधिकार सुनिश्चित गर्न उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो । प्रत्येक वर्ष यो दिवस विभिन्न विषयमा केन्द्रित भएर मनाउने गरिन्छ ।

attariya hospital

विषय र शीर्षके फरक फरक भएपनि अपाङ्गता सम्बन्धी विभिन्न विषयमा छलफल गर्नु र यसबारे हुनसक्ने समस्याहरुको समाधान निकालल्ने उद्देश्य रहेको छ ।दुई वर्षदेखि पूरै विश्व कोभिड १९ महामारीसँग लडिरहेको बेला अपाङ्गता भएका व्यक्तिहरुका लागि पनि चुनौति थपिएका छन् ।

यही विषयलाई मध्यनजर गर्दै सन् २०२१ को यस बर्षको मूल नारा पोस्टकोभिड समयमा अधिकारका लागि लडाइँ रहेको भन्ने रहेको छ। आजको दिन अपाङ्गता भएका व्यक्तीहरुको अधिकारका लागि विशेष कार्यक्रमहरु गर्ने गरिन्छ ।