धनगढी – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले आफूहरुको नारा राजा आउ देश बचाउ नभएर जनता आउ राजा ल्याउ भन्ने भएको बताएका छन ।

राप्रपाको महाधिवेशन उद्घाटन शत्रमा बोल्दै थापाले अब जनताको शक्तिबाट राजा ल्याउने बताए । उनले भने ‘हाम्रो नारा राजा आउ देश बचाउ होइन जनता आउ राजा ल्याउ हो ।’

उनले संसदमा सम्मानजनक उपस्थिति भएपछि काठमाण्डौंका सडकमा एक लाख जनता उतारेर राजालाई नारायणहिटी दरबारमा ल्याइने बताए ।
उनले संविधानमा हिन्दुराष्ट्र र राजसंस्थालाई स्थान दिन नसकेको बताउँदैे आफूहरुले विद्रोहको बाटो अनुशरण नगरी प्रजातान्त्रिक मूल्य र मान्यतालाई आत्मसाथ गर्दै आफ्नो मूल्य र मान्यता स्थापित गर्न रणनीति अबलम्बन गरेको बताए ।

















